गजल

10:03 PM Posted In
 गोविन्द लुइँटेल
बाहिर हाँसो भित्र आँसु रीत रहेछ जिन्दगानी
कहिले मिलन  कहिले विछोड प्रीत रहेछ जिन्दगानी

एउटा लेख्ने अर्को सुन्ने संगित त्यो संगितकारको
भाव स्वर मिलार्इ गाइने गीत रहेछ जिन्दगानी

ढाट छल कतिकति काँहि छैन सत्य वचन
यही भिडमा आखिर बाँच्ने जीत रहेछ जिन्दगानी

सोच्यो यौटा अर्को रुप कृष्णजीको लीला जस्तो
दुःख सुख बाँढ्ने फेरि मीत रहेछ जिन्दगानी