गजल
9:59 PM Posted In गजल/मुक्तक करुण थापा
तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ!!
धेरै रोएँ जिन्दगीमा अब पत्थर हुन्छु भन्थें
यति कोमल मन छ कि कपासले चोट लाग्छ!!
सानो सानो जुनकिरीको प्रकाशले चोट लाग्छ!!
आफै बस्ने घर पनि पर जस्तो लाग्छ मलाई
तारा हुँ म कहिलेकाहीं आकाशले चोट लाग्छ!!
ज्यानै दिंदा पनि तिमी कसम खाउ भन्छेउ अझै
तिमीले म माथि गर्ने विश्वासले चोट लाग्छ!!!