गजल

9:56 PM Posted In
 कृष्ण वस्ती
भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ
आजभोलि आफैँसँग टाढिएझैं लाग्छ

एकैछिनको शोभा बन्यौ इन्द्रधनुजस्ती
त्यै थलोमा सिङ्गो जुनी  छाडिएझैं लाग्छ

छाती खन्यो विरहले  गहिरिंदै गएँ
निसासिंदो खाडलमा गाडिएझैं लाग्छ

साउनझैं रोई-रोई रुझेको यो जुनी
सन्सारका सबै खुसी ढाडिएझैं लाग्छ

हृदयमा लेखिएका फूलजस्ता गीत
काँढामाथि अल्झिएर फाडिएझैं लाग्छ


सङ्लो थिएँ बग्दाबग्दै पहिरोमा परें
भेलजस्तो आज मलाई भाँडिएझैं लाग्छ

तोरी फुलेजस्तो मेरो सपनाको बस्ती
कोही पसी एकैछिनमा माडिएझैं लाग्छ!!