बिर्सन पनि गाह्रो लाग्छ

8:47 PM Posted In
ज्ञानुवाकर पौडेल
बिर्सन पनि गाह्रो लाग्छ
सम्झन पनि अप्ठ्यारो लाग्छ ।
मन पर्दैन सत्ते फूल मलाई
काँडा बरु प्यारो लाग्छ ।
बितेन कहिल्यै रमाइलोसित दिन
भविष्य झन् अँध्यारो लाग्छ ।
नपत्याएर कसैले आफूलाई
जिन्दगी यो उधारो लाग्छ ।
जता ताके पनि नियतिले
मलाई नै किन तारो लाग्छ ?