साइनोको ब्यापार
6:43 PM Posted In कथा
सीता बराल
बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई । रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए । कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको । उनले आजसम्म कतिवटा अस्थाई श्रीमान बनाइसकिन भन्ने गन्न उनलाई केहीवेर सोच्नै पर्ने हुन्छ ।
भित्तामा भएको घडीले रातको दुई बजाईसकेको थियो । कोठामा कसैले ढोका ढकढकायो । खोलेर हेर्दा त्यहा फतिमा थिइन । यतिलामो समय सम्म गरेको माया अब केही समय पछि टाढा हुदै जाने छ । सायद यहि कुराले फतिमा लाई केही नरमाइलो लागेर आजको रात म संगै विताउन आएकी होली भन्ने सम्झेर उनलाई बस्न ठाँउ देखाउछन् । फतिमाले आफ्नो ब्यागबाट पैसा निकालेर रुपेशलाई दिन्छिन । रुपेशले केही कुरा नबुझी ट्वाल्ल परेर बस्छन् । रुपेश तिमीले मलाई अहिले सम्म बुझाएको यो पैसा फिर्ता लेउ । धन सम्पती सबै थोक होइन रहेछ भन्ने कुरा मैले बल्ल बुझे । म तिमीबाट टाढा हुन सक्तिन । मलाई माफ गर रुपेश । मैले पैसाको लागी तिमी संग गाँसेको सम्बन्ध अब विच्छेद गर्न सक्तिन । म जे पनि गर्न तयार छु तर तिमी बाट टाढा...... । फतिमाको कुराले रुपेशलाई अचानक संसारको बोझ आफ्नो टाउकोमा भए जस्तै गह्रौ हुदै आयो । उसले आजसम्म देखेको सपना र तय गरेको यात्रा पुरा गर्न सकेन । दिमागमा उचारचढावहरु आईरहे । मनमा अनेक किसिमका छालहरु छचल्की रहे । अब यो अन्तिम क्षणमा उसले फतिमालाई सम्झाएर पहिलेको सर्त अनुसार सम्बन्ध विच्छेद गराउनु नै पर्छ । रुपेशले फतिमा तिर हेर्दै फतिमा के भनेकी तिमीले < मेरी निर्मला, मेरो छोरो.... यति बेलासम्म फतिमा ढोका खुल्लै छाडेर हिडिसकेकी थिईन=