बानी नै भयो मन, दुखेर के गर्नु

7:01 PM Posted In
आनन्द अधिकारी
बानी नै भयो मन, दुखेर के गर्नु
अझै रुनु छ आँशु, सुकेर के गर्नु ।

हिमाल झैं अटल रहे पो जिन्दगी
अग्लिदै बा“स जस्तै, झुकेर के गर्नु ।

ह्रदय भित्र नै वीरह बज्ने गर्छ
बाहिर मीठो धून, फुकेर के गर्नु ।

बिर्सिदिंदा राम्रो होला छोडेर जानेलाई
संधैभरी दोबाटो, ढुकेर के गर्नु ।