गजल
10:04 PM Posted In गजल/मुक्तकसुरेश पोखरेल
एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ मायाहेर्दा हेर्दै डाँडा काट्ने रेल रैछ माया
मिठो माया सम्हालेर हाँसी खुसि जिउँला भन्थें
रुने अनि रुवाउने खेल रैछ माया
सारा पिडा बिर्साइ दिने बसन्त लाई पर्खी बस्थें
सपना सबै बगाई लाने भेल रैछ माया
संगै जिउने संगै मर्ने अभागीको सपना
एक्लै छोडी टाढा हुने रेल रैछ माया
एक्लै तड्पी बाँच्नु पर्ने जेल रैछ माया
रुने अनि रुवाउने खेल रैछ माया